Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • स्टोर आगलागी घटनामा सशस्त्रको आन्तरिक समितिले थाल्यो छानबिन, भण्डारण शाखाका ७ जनासँग सोधपुछ

    स्टोर आगलागी घटनामा सशस्त्रको आन्तरिक समितिले थाल्यो छानबिन, भण्डारण शाखाका ७ जनासँग सोधपुछ

    अनलाइन नेपाल
  • बुधबार, २८ चैत्र २०८०
  • 510
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बलको बलम्बुस्थित केन्द्रीय स्टोरमा आगलागीको घटनाबारे छानबिन गर्न गठन भएको आन्तरिक समितिले काम सुरू गरेको छ।

    आगलागीको घटनापछि कार्यविभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालको अध्यक्षतामा बनेको ९ सदस्यीय छानविन समितिले भण्डारण शाखाका एसपीसहित ७ जनासँग सोधपुछ सुरु गरेको हो ।



    सोमबार अपराह्न ४:५० बजे सुरू भएको आगलागी मध्यराति नियन्त्रणमा आएको थियो। उक्‍त घटनापछि सशस्त्र प्रहरी बलले कार्यविभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालको अध्यक्षतामा ९ सदस्यीय छानविन समिति गठन गरिएको थियो।



    समितिले मंगलबार बिहानैदेखि घटनास्थललाई सिल गरेको छ। त्यहाँको सुरक्षाको लागि नयाँ टोली राखिएको छ। आगलागीबाट क्षति भएका सामानको विवरण संकलन गर्ने कार्य समेत तिव्र रूपमा अघि बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

    सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनीबाट सुरक्षा जिम्मेवारीमा रहेका र त्यस दिनको ड्युटीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकसहित ११ जना र नेपाल एपीएफ अस्पतालको सुरक्षा टोलीबाट मेनगेटमा खटिएका २ जनालाई समेत सोधपुछका लागि सशस्त्र मुख्यालय मुख्यालय झिकाइएको छ ।

    समितिले सो स्टोरमा राखिएको सिसी क्यामेराको फुटेज समेत समितिले अध्ययन गरिरहेको छ। यस घटनामा सशस्त्र प्रहरी बलले आन्तरिक समिति गठन गरी छानबिन गरेको भएपनि गृहमन्त्रालयले पनि अर्को समिति बनाएको छ।

    मन्त्रालयले सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ। यस समितिलाई १० दिनको समय दिइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार