Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एपीएफ गोदाममा भएको आगलागीको अध्‍ययन गर्न छानबिन समिति गठन

    एपीएफ गोदाममा भएको आगलागीको अध्‍ययन गर्न छानबिन समिति गठन

    अनलाइन नेपाल
  • सोमबार, २६ चैत्र २०८०
  • 651
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको घटना छानबिन गर्न एआईजीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।

    कार्य विभागका प्रमुख एआईजी बंशिराज दाहालको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो ।



    सशस्त्र प्रहरीका अनुसार विद्युत् चुहावट भएर आगलागी भएको प्रारम्भिक आकलन गरिएको छ ।



    घटनास्थलमा पुगेर उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आगलागीबारे जाँच गर्न निर्देशन दिएका छन् ।

    आगो नियन्त्रणका लागि आठवटा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    क्षतिको यकिन विवरण आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार