Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कक्षा १२ को प्रश्नपत्र आउट गरेको आरोपमा दुई शिक्षक पक्राउ

    कक्षा १२ को प्रश्नपत्र आउट गरेको आरोपमा दुई शिक्षक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 693
    SHARES

    कास्की । कक्षा १२ को प्रश्नपत्र आउट गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा शिक्षकहरू ३९ वर्षीय नारायण बास्तोला ३७ वर्षीय रामचन्द्र बास्तोला रहेका छन् ।



    पोखराको फूलबारीस्थित शिवशक्ति माविमा परीक्षा सञ्चालन भइरहेका बेला उनीहरूले विद्युतीय माध्यमबाट प्रश्नपत्र आउट गरेको आरोप छ ।



    उनीहरूलाई कक्षा १२ को आठवटा थप उत्तरपुस्तिका र तीनवटा मोबाइल फोनसहित पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

    दुवै जना सोही विद्यालयका शिक्षक हुन् । पक्राउ परेकाहरूमाथि शिक्षा ऐन २०२८, अन्तर्गतको कसुरमा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार