Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ‘मुख्यमन्त्रीको पिए हुँ’ भन्दै ठगी गरेको आरोपमा सुवास पक्राउ

    ‘मुख्यमन्त्रीको पिए हुँ’ भन्दै ठगी गरेको आरोपमा सुवास पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २८ बैशाख २०८१
  • 609
    SHARES

    कास्की । ‘म मुख्यमन्त्रीको पिए हुँ’ भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–३१ का ३८ वर्षीय सुवास सुवेदी पक्राउ परेका हुन् ।



    प्रहरीका अनुसार उनले गत वैशाख २० गते लेकसाइडमा रहेको एके टुर्स एन्ड ट्राभल्समा फोन गरेका थिए । फोनमा उनले आफूलाई मुख्यमन्त्रीको पीए रहेको परिचय दिएका थिए ।



    तुरुन्तै पोखरा–काठमाडौं र काठमाडौं–नेपालगञ्जको टिकट बुक गरिदिनुस्। पैसा क्यूआर कोडमार्फत् पठाइदिन्छु’ भन्दै उनले ठगी गरेको आरोप छ ।

    काठमाडौंबाट पक्राउ परेका सुवेदीलाई २ वटा ठगीसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार