Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अनलाईन सट्टेबाजी खेलाउने कार्यमा संलग्न रहेको आरोपमा बुटवलबाट १३ भारतीय पक्राउ

    अनलाईन सट्टेबाजी खेलाउने कार्यमा संलग्न रहेको आरोपमा बुटवलबाट १३ भारतीय पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २४ बैशाख २०८१
  • 471
    SHARES

    फाइल तस्विर

    बुटवल । अनलाईन सट्टेबाजी खेलाउने कार्यमा संलग्न रहेको आरोपमा बुटवलबाट १३ जना भारतीय पक्राउ परेका छन ।

    बुटवल उपमहनगरपालिका–९ कालिकानगरको कालिकापथमा घर भाडामा लिएर अनलाइन गेम खेलाउने र सट्टेबाजी गराउनेलाई इलाका प्रहरी कार्यालय बुटवलले सोमबार पक्राउ गरेको हो ।



    पक्राउ पर्ने भारतीयहरुका विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन ।  उनीहरुले फ्ल्याट भाडामा लिएर अबाञ्छित गतिविधि गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोलीले छापा मारेको थियो ।



    पक्राउ परेका युवाबाट उनीहरुले प्रयोग गर्ने गरेको मोबाईल र सट्टेबाजीका लागि आवश्यक पर्ने सामाग्री बरामद गरिएको छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार