Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सशस्त्र प्रहरीद्वारा २७२ किलो गाँजासहित एक जना पक्राउ

    सशस्त्र प्रहरीद्वारा २७२ किलो गाँजासहित एक जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ४ बैशाख २०८१
  • 393
    SHARES

    भैरहवा । सशस्त्र प्रहरी बलले रुपन्देहीको ओमसतियाबाट दुई सय ७२ किलोग्राम गाँजा बरामद गरेको छ ।

    मोटरसाइकल आयात गर्ने यूपी ७८ बीटी ८२९७ नम्बरको टाटा कन्टेनरमा लुकाई छिपाइ भारत लैजान लागेको अवस्थामा भैरहवाको डण्डा पुल नजिकैबाट उक्त गाँजा बरामद गरिएको हो ।



    उक्त कन्टेनरको चालकसिट भन्दा माथिको फल्स बटमभित्र लुकाएको अवस्थामा गाजा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणले जनाएको छ ।



    सशस्त्र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको विशेष सूचनाको आधारमा हुलाकी राजमार्गमा चेकपोष्ट खडा गरेर उक्त परिमाणमा गाँजा बरामद गरिएको गणले जनाएको छ ।

    गणले दिएको जानकारीअनुसार उक्त कन्टेनरका चालक भारतको पन्जावस्थित लुधियाना जिल्ला नम्बर १० भावदीप सिंहनगनर बस्ने सतनाम सिंहलाई नियन्त्रणमा लिएको छ ।

    चालकबाट एउटा नेपालको एनसेल र भारतीय एयरटेल कम्पनीको सिम समेत बरामद गरिएको छ । चालक सिंहले चितवनको नारायणगढभन्दा १० किलोमिटर पश्चिम पूर्वपश्चिम राजमार्गमा ट्रक अलपत्र पारेर चालक भागेको जानकारीपछि आफू लिन गएको बताएका छन् ।

    सशस्त्रले आवश्यक कानुनी पक्रिया पूरा गरेर थप अनुसन्धानका लागि बरामद गाँजा, कन्टेनर र चालक नेपाल प्रहरीको जिम्मा लगाउने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार