Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सशस्त्र र प्रहरीको सेटिङमा धनुषामा तस्करी

    सशस्त्र र प्रहरीको सेटिङमा धनुषामा तस्करी

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 768
    SHARES

    जनकपुरधाम । सशस्त्र प्रहरी धनुषाले नयाँ शैलीमा तस्करीलाई बढावा दिएको पाइएको छ । धनुषामा विगतमा भन्दा नयाँ–नयाँ तरिका अपनाउँदै तस्करी हुन थालेको छ ।

    केही दिन अगाडिसम्म भोज–भतेरका लागि समान किन्न गएका व्यक्तिहरूबाट सुरक्षाकर्मीले आफैँ रकम उठाउने गरेको भिडियो सार्वजनिक हुन थालेपछि अब नयाँ तरिका अपनाएर तस्करी हुन थालेको हो ।



    सशस्त्र र नेपाल प्रहरीले आफैँ पैसा नउठाई भारतीय व्यापारीहरूलाई घुस संकलनमा लगाउने गरेका छन् । भारतीय व्यापारीहरूबाटै सशस्त्र र नेपाल प्रहरीले प्रत्येक दिन बेलुका भेटेर मिलाउने गरेका छन् ।



    स्रोतका अनुसार भारतीय बजार महिनाथपुरका विजय साह, सन्तोष साह, घुरन दास, जितेन्द्र साह, पप्पु साह लगायतका करिब एक दर्जन व्यापारीसँग सशस्त्र र नेपाल प्रहरीको सेटिङ छ । यो कार्यमा महिनाथपुरका इन्स्पेक्टर नरेन्द्र धामीको प्रत्यक्ष संलग्नता रहेको आरोप छ ।

    भारतीय बजारमा बिहे, व्रतबन्ध, पूजापाठ तथा अन्य भोज–भतेरका लागि सरसामान किन्न गएका हरेक व्यक्तिबाट २ देखि ३ हजार रुपैयाँसम्म थप सीमामा सेटिङका लागि भारतीय व्यापारीहरूले नै लिने गरेका छन् ।

    सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरका इन्स्पेक्टर धामी र भन्सार कर्मचारीसँगको मिलेमतोमा प्याज तस्करी फस्टाएको आरोप लागेको थियो । प्याज तस्करीको घटना सेलाउन नपाउँदै इन्स्पेक्टर धामीकै मातहतमा रहेका धनौजी नाकाबाट तस्करी बढेको रिपोर्ट सशस्त्र प्रहरी मुख्यालयमा भएको थियो ।

    त्यही सूचनाको आधारमा सम्तुल्लाह, बैतुल्लाहको कपडा, जुत्ता चप्पल मुख्यालयबाट खटिएको टोलीले धनौजीबाट पक्राउ गरेपछि पूरै सशस्त्र प्रहरीको सेट नै फेरिएको थियो ।

    केही दिनमा इन्स्पेक्टर नरेन्द्र धामीको सरुवा हुन लागेकाले जाँदाजाँदै अहिले उनले भारतको खौनाबाट सुरेश, राजा, सम्तुल्लाह, श्रवण लगायतका व्यापारीहरूलाई लाइन दिएका छन् । त्यसै गरी इनरुवाबाट पनि लाइन दिएर तस्करी गराइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार