Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

राष्ट्रियसभा बैठक बस्दै नबसी स्थगित, अर्को बैठक शुक्रबारलाई सारियो

राष्ट्रियसभा बैठक बस्दै नबसी स्थगित, अर्को बैठक शुक्रबारलाई सारियो

बिहिवार , आषाढ ११, २०८३

काठमाडौं । राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित भएको छ ।

आज दिउँसो १ बजेर १५ मिनेटका लागि बस्ने गरी तय भएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

विशेष कारणवश बैठक बस्न नसक्ने भएको भन्दै राष्ट्रिय सभाका अध्यक्षले शुक्रबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी निर्धारण गरेको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले निकालेको सूचनामा उल्लेख छ ।

यसअघि राष्ट्रिय सभाको बैठक यही असार ५ गते बसेको थियो । 

६ दिन पछि बस्ने गरी आजका लागि तय भएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077