Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा

आइतवार , चैत्र ८, २०८२

काठमाडौं । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ ।

राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा केहिबेर अघि सिंहदरबारमा बैठक बसेको हो ।

बैठकमा आगामी अधिवेशनको पूर्वतयारी, रिक्त रहेको राष्ट्रिय सभा उपाध्यक्ष र समिति सभापतिको निर्वाचन, नवनिर्वाचित सदस्यहरुको समिति विभाजन लगायतका विषयमा छलफल भइरहेको छ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा, राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख सचेतक, सचेतक र प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077