Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बर्दियामा २३ किलो चरेससहित एकजना पक्राउ

    बर्दियामा २३ किलो चरेससहित एकजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ४ बैशाख २०८१
  • 366
    SHARES

    काठमाडौँ । बर्दियाको सीमा इलाकाबाट सशस्त्र प्रहरी बलले २३ किलो चरेसहित एकजना युवकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ घर भएका ३४ वर्षीय बमबहादुर पुन छन्।



    मङ्गलबार बिहान उनलाई बर्दियाको बडैयाताल गाउँपालिका वडा नं २ फुटाहा स्थित सीमा इलाकाबाट पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।



    सशस्त्र प्रहरी बलको बीओपी फुटाले उनको साथबाट ३९ वटा प्याकेटमा रहेको २३ किलो लागू औषध चरेस बरामद गरेको छ।

    उनलाई थप अनुसन्धान र कारबाहीका लागि स्थानीय प्रहरीको जिम्मा लगाएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार