Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • भारतमा थप ६७ हजार भन्दा बढीमा कोरोना पुष्टि

    भारतमा थप ६७ हजार भन्दा बढीमा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, २७ माघ २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । भारतमा कोरोनाभाइरसका कारण पछिल्लो एक दिनमा थप ६७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार गत २४ घण्टामा ६७ हजार ८४ जना नयाँ सङ्क्रमित भएका हुन् ।

    यसैसँगै भारतमा कुल सक्रंमितको संख्या चार करोड २४ लाख ७८ हजार ६० पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा अरु एक हजार २४१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै भारतमा अहिलेम्म कुल मृतकको सङ्ख्या पाँच लाख ६ हजार ५२० पुगेको छ ।



    नयाँ सङ्क्रमितहरुको सङ्ख्या निकै कम हुदै गएपछि अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या सात लाख ९० हजार ७८९ पुगेको छ । सोही अवधिमा एक लाख ६७ हजार ८८२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।



    यससँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या चार करोड ११ लाख ८९ हजार ७५१ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार