Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • विस्फोटमा परी २० कम्बोडियाली सैनिकको मृत्यु

    विस्फोटमा परी २० कम्बोडियाली सैनिकको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 300
    SHARES

    फाइल तस्विर

    एजेन्सी । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले कम्बोडियाको पश्चिममा रहेको एक सैन्य शिविरमा भएको गोलाबारुद विस्फोटमा परी २० जना कम्बोडियाली सैनिकको मृत्यु भएको छ।

    प्रधानमन्त्री हुन मानेटले फेसबुकमार्फत् जारी गरेका एक शोक सन्देशमा सैनिकको विस्फोटमा परी मृत्यु भएको उल्लेख गरिएको छ ।



    प्रधानमन्त्री हुन मानेटले जारी गरेको वक्तव्यमा आफूले रक्षामन्त्री र रोयल कम्बोडियाली सशस्त्र बलका कमान्डर इन चिफलाई मृतक सैनिकको तत्काल अन्त्येष्टिको व्यवस्था गर्न निर्देशन दिएको बताएका छन्।



    सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरहरूमा भत्किएको एक तले भवन धुवाँमा डुबेको देखिन्छ भने नजिकैको गाउँका एक बासिन्दाले पनि झ्यालहरु फुटेको तस्बिरहरु अनलाइनमा शेयर गरेका छन् ।

    अन्य तस्विरमा अस्पतालमा उपचार गराइरहेका सर्वसाधारणको अवस्था पनि देखिएको छ । दशकौँ लामो गृहयुद्धपछि गोलाबारुदले भरिएको कम्बोडियामा युद्धसामग्री दुर्घटना असामान्य होइन ।

    यहाँ सुरक्षा मापदण्डको ढिलासुस्तीका कारण दुर्घटना हुने गरेको छ । कम्बोडियाको सेनाले उक्त घटना ‘गोदाममा भएको गोलाबारुद विस्फोट’ बाट भएको बताएको छ ।

    विस्फोटपछि सार्वजनिक भएका तस्वीरहरूमा हतियारले भरिएको एउटा ट्रक विस्फोटका कारण पूर्णरूपमा क्षति भएको देखाइएको छ ।

    विस्फोटका कारण कार्यालय भवन र नजिकैको ब्यारेक ध्वस्त भएको छ भने आसपासका २५ वटा घरमा पनि आंशिक क्षति पनि भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार