Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • दिल्लीका मुख्यमन्त्री केजरीवाल जुनसम्मका लागि जमानतमा रिहा

    दिल्लीका मुख्यमन्त्री केजरीवाल जुनसम्मका लागि जमानतमा रिहा

    अनलाइन नेपाल
  • शुक्रबार, २८ बैशाख २०८१
  • 354
    SHARES

    एजेन्सी ।  दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

    सर्वोच्च अदालतले शुक्रबार अन्तरिम जमानतको याचिकामा केजरीवाललाई एक जुनसम्मको लागि अन्तरिम जमानत दिएको हो।



    उनलाई आगामी जुन महिनाको १ तारिखसम्म जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। साथै उनलाई जुन २ तारिखमा फेरि अदालतमै हाजिर हुन भनिएको छ ।



    भारतमा लोक सभाको चुनाव एक तारिखमा सकिन्छ । त्यही चुनावको प्रचारमा सहभागी हुन केजरीवाललाई अदालतले अनुमति दिएको हो । सातचरणको चुनावमध्ये तीन चरणको चुनाव सकिइसकेको छ ।

    नयाँ दिल्लीमा २५ मा चुनाव छ । मदिरा सम्बन्धी नीतिगत निर्णयमा अनियमितता गरेको आरोपमा आप पार्टीका नेता केजरीवाल ४० दिनदेखि तिहाड जेलमा बन्द छन् । उनी आज साँझसम्म जेल मुक्त हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    जाँच एजेन्सी प्रवर्तन निदेशालय (ईडी)ले अरबिन्द केजरीवालको जमानत याचिकाको विरोध गरेको थियो ।

    ईडीले चार्ज सिट दर्ता गराउँदै केजरीवाल र उनको पार्टी आम आदमी दल (आप)लाई घेर्ने योजना बनाएको थियो । ईडीले रक्सी घोटालाका मुख्य अभियुक्त नै केजरीवाल भएको बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार