Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • दिल्लीका मुख्यमन्त्री केजरीवाललाई १५ दिन हिरासतमा राख्न आदेश

    दिल्लीका मुख्यमन्त्री केजरीवाललाई १५ दिन हिरासतमा राख्न आदेश

    अनलाइन नेपाल
  • सोमबार, १९ चैत्र २०८०
  • 330
    SHARES

    एजेन्सी । अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ ।

    राउज रेभेन्यू कोर्टले १५ अप्रिलसम्म केजरीवाललाई न्यायिक हिरासतमा राख्न आदेश दिएको हो । अब उनलाई तिहाड जेल लगिनेछ ।



    दिल्लीका मुख्यमन्त्री केजरीवाललाई मदिरासम्बन्धी नीतिमा भ्रष्टाचार गरेको आरोपमा प्रवर्तन निर्देशनालय (ईडी) ले २१ मार्चमा गिरफ्तार गरेको थियो ।



    त्यसयता उनी ईडीको हिरासतमा थिए । सोधपुछका क्रममा केजरीवालले सहयोग नगरेको ईडीको आरोप छ ।

    अदालत लगिएको समयमा केजरीवालले भने प्रधानमन्त्री नरेन्द्र मोदीले जे गरिहेका छन्, त्यो देशका लागि ठीक नभएको प्रतिक्रिया दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार