Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

    दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ८ चैत्र २०८०
  • 495
    SHARES

    एजेन्सी । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई भारतको सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी)ले पक्राउ गरेको छ।

    भारतीय समाचार संस्था द हिन्दुका अनुसार बिहीबार साँझ इडीको टोलीले मुख्यमन्त्री निवासमा छापा मारेको केही घण्टापछि केजरीवाललाई पक्राउ गरेको हो।



    केजरीवाल सरकारले ल्याएको मदिरा बिक्री सम्बन्धी नीतिमा घोटाला गरेको भन्दै उनलाई सुरूमा दुई घण्टा सोधपुछ गरिएको थियो।



    त्यसपछि उनलाई पक्राउ गरिएको थियो।

    दिल्ली सरकारकी मन्त्री एवं आम आदमी पार्टीकी नेता आतिशीले केजरीवालको गिरफ्तारी बीजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक षड्यन्त्र भएको बताइन् ।

    दिल्लीको मदिरा नीतिलाई लिएर ईडीले केजरीवालमाथि छानबिन गर्दै आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार