Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • लगानी सम्मेलनमा १६ सयभन्दा बढी लगानीकर्ता सहभागी हुने

    लगानी सम्मेलनमा १६ सयभन्दा बढी लगानीकर्ता सहभागी हुने

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 234
    SHARES

    काठमाडौं । लगानी बोर्डले दुई दिनसम्म चल्ने तेस्रो लगानी सम्मेलनमा विश्वभरका १६ सयभन्दा बढी लगानीकर्ता सहभागी हुने भएका छन् ।

    सरकारले यही वैशाख १६ र १७ गते (आइतबार र सोमबार) लगानी सम्मेलनको आयोजना गर्दैछ । सम्मेलनमा विश्वका ५५ भन्दा धेरै देशबाट १६ सय लगानीकर्ता सहभागी हुने लगानी बोर्डको कार्यालयले जानकारी दिएको हो ।



    बोर्डले विश्वभरका २४ सयभन्दा बढी लगानीकर्तालाई सहभागिताको निम्तो दिएको थियो । त्यसमध्ये १६ सय जना सहभागी हुने भएका हुन् । लगानी सम्मेलनमा नेपालका सबैभन्दा धेरै लगानीकर्ता सहभागी हुने बताइएको छ ।



    नेपालबाट ३८५ जना लगानीकर्ता सहभागी हुने बोर्डको कार्यालयले जनाएको छ ।

    यस्तै चीनबाट २६५ जना र भारतबाट १४३ जना सहभागी हुने बताइएको छ । आजसम्म बोर्डले तयार पारेको सूचीअनुसार सम्मेलनमा अमेरिकाबाट ३३ जना लगानीकर्ता आउँदै छन् ।

    जापानबाट २८ जना सहभागी हुनेछन् भने बेलायतबाट १४ जना र बंगलादेशबाट १३ र संयुक्त अरब इमिरेट्सबाट समेत १३ जना आउनेछन् । यसबाहेक जर्मनीबाट १० जना आउने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार