Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • लुडो खेलिरहेका युवाहरुसँगको विवादमा वृद्धाको हत्या

    लुडो खेलिरहेका युवाहरुसँगको विवादमा वृद्धाको हत्या

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 1.5K
    SHARES

    फाइल तस्विर

    राजविराज । सप्तरीको राजविराजमा एक वृद्धाको हत्या भएको छ । लुडो खेलिरहेका युवाहरुसँगको विवादपछि भएको राजविराज नगरपालिका-१ की ७५ वर्षीया सकिना मियाइनीको कुटपिटबाट हत्या भएको हो ।

    कुटपिटबाट हत्या भएको भन्दै मृतककी बुहारी ५२ वर्षीया नजमुन खातुनले जिल्ला प्रहरी कार्यालयमा बिहीबार उजुरी दिएकी छन् । छिमेकीहरू ५४ वर्षीय तफेजुल महम्मदलगायत १० जनाले कुटपिट गरी हत्या गरेको भन्दै नजमुनले बिहीबार उजुरी दिएको प्रहरीले जनाएको छ ।



    मियाइनीको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सोमबार मृत्यु भएपछि सोही अस्पतालमा मंगलबार पोष्टमार्टम भएको अस्पतालले जनाएको छ ।



    राजविराज नगरपालिका-१ स्थित सडकको पूर्व बाँसको चचरीमा बसेर लुडो खेलिरहेका युवाहरुबीचको झगडालाई मियाइनीले रोक्न खोज्दा आरोपितहरूले उनलाई समेत निर्घात कुटपिट गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार