Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत

    लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 243
    SHARES

    काठमाडौँ । लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने (मार्केट साउन्डिङ) परियोजनाको सूची स्वीकृत गरेको छ ।

    सम्मेलनमा सरकारी र निजीसमेत गरी कुल १४८ वटा परियोजना सोकेसमा राखिनेछन् । आजको बैठकले दुईवटा परियोजनामा लगानी थप गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए।



    ह्वासिन नारायणी सिमेन्ट परियोजनाका लागि रु. ६ अर्ब ६३ करोड ४० लाख बराबर थप लगानी स्वीकृत भएको छ । डाबर नेपाल प्रालिको लगानी सम्झौताको मस्यौदा तयार गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ।



    डाबर नेपालले क्षमता विस्तार तथा उत्पादन विविधीकरणका लागि रु. नौ अर्ब ६८ करोड पुनर्लगानीका लागि प्रस्ताव गरेको छ। लगानी सम्मेलन वैशाख १६ र १७ मा हुँदै छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार