Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सरकारले नेपाल टेलिकमलाई नयाँ लाइसेन्स दिने

    सरकारले नेपाल टेलिकमलाई नयाँ लाइसेन्स दिने

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 351
    SHARES

    काठमाडौं । सरकारले नेपाल टेलिकमलाई नयाँ लाइसेन्स दिने निर्णय गरेको छ ।

    स्रोतका अनुसार बिहीबार बसेको मन्त्रिपिषद्को बैठकले आवश्यक प्रक्रिया पूरा गरेर टेलिकमलाई लाइसेन्स दिन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको हो ।



    नेपाल टेलिकमको मोबाइल सेवाको २५ वर्षे लाइसेन्सको अवधि भोलि सकिँदै छ ।



    त्यसअघि मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको बताइएको छ ।

    प्राधिकरणले भोलि नै टेलिकमलाई नयाँ लाइसेन्स दिन सक्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार