Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपाल टेलिकमले ३४ विमानस्थलहरूमा फ्रि वाइफाई उपलब्ध गराउने

    नेपाल टेलिकमले ३४ विमानस्थलहरूमा फ्रि वाइफाई उपलब्ध गराउने

    अनलाइन नेपाल
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 669
    SHARES

    काठमाडौं । नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलहरूमा फ्रि वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।

    नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच आज सहमति भएको हो ।



    सो सहमति पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणको तर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले हस्ताक्षर गरे ।



    सहमति पत्र अनुसार नेपाल टेलिकमले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्रि वाइफाई नेटवर्क जडान गर्नेछ भने नेपालभित्र सञ्चालित अन्य विमानस्थलहरूमा समेत चरणबद्ध रूपमा फ्रि वाइफाई इन्टरनेट सेवा सञ्चालन गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार