Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपाल टेलिकमले घोषणा गर्‍यो नगद लाभांश

    नेपाल टेलिकमले घोषणा गर्‍यो नगद लाभांश

    अनलाइन नेपाल
  • शुक्रबार, ६ पुष २०८०
  • 543
    SHARES

    काठमाडौं । नेपाल टेलिकमले सेयरधनीका लागि नगद लाभांश घोषणा गरेको छ ।

    कम्पनीको सञ्चालक समितिको बैठकले प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो ।



    नगद लाभांश स्वीकृतिका लागि अर्थ मन्त्रालयमा अनुरोध पठाउने निर्णय बैठकले गरेको छ ।



    मन्त्रालयको स्वीकृति र साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउने छन् ।

    टेलिकममा सरकारी स्वामित्व नै ९१ दशमलव ४९ प्रतिशत रहेकाले सोही अनुपातको लाभांश सरकारले नै पाउँछ ।

    टेलिकमले अहिलेसम्म लाभांशमा ४० प्रतिशतको सीमा घटाएको छैन । कम्पनीले गत आर्थिक वर्ष पनि ४० प्रतिशत नै नगद लाभांश प्रदान गरेको थियो ।

    अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा कम्पनीले २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नै नगद लाभांश दिएको थियो ।

    बिहीबार बजार बन्द हुँदा टेलिकमको सेयर मूल्य प्रतिकित्ता ९४० रुपैयाँ १० पैसा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार