Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • इलाम–२ मा कांग्रेसको सुरुवाती अग्रता, रास्वपाका लिम्बू चौथोमा

    इलाम–२ मा कांग्रेसको सुरुवाती अग्रता, रास्वपाका लिम्बू चौथोमा

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 720
    SHARES

    इलाम । इलाम-२ को शनिबार सम्पन्न निर्वाचनको मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता बनाएका छन् ।

    फाकफोकथुम गाउँपालिकाका एक हजार ५४१ मत गन्दा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम गरेका हुन् ।



    कांग्रेस उमेदवार डम्बर खड्काले ६५७ मत प्राप्त गरेका छन् । दोस्रो नम्बरमा रहेका नेकपा एमालेका उम्मेदवार सुवाह नेम्वाङले ५३४ मत ल्याएका छन् ।



    यस्तै, स्वतन्त्र उमेदवार डकेन्द्र थेगिमले मुढा चिह्नमा १८७ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार मिलन लिम्बूले ११५ मत ल्याएका छन् ।

    इलाम–२ मा आइतबार मध्याह्नदेखि मतगणना थालिएको हो । इलाम–२ मा एक लाख १५ हजार ८८९ मतदाता रहेकामा ६९ हजार ४२१ जनाले मतदान गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार