Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • तोलामा एक हजार ४०० रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

    तोलामा एक हजार ४०० रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 480
    SHARES

    फाइल तस्विर

    काठमाडौं । साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ।

    अघिल्लो दिन बिहीबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।



    बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार एक सय ५० रूपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने पनि बढेको छ।

    बिहीबार प्रतितोला १६ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १६ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार