Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • तोलामा २७ सय रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    तोलामा २७ सय रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    अनलाइन नेपाल
  • बुधबार, १९ बैशाख २०८१
  • 732
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बुधबार एकैदिन सुनको मूल्य तोलामा २७ सय घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको हो।



    अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।



    अन्तर्राष्ट्रिय बजारमा मूल्य करिब २ प्रतिशत घटेपछि नेपाली बजारमा सोअनुसार मूल्य समायोजन गरिएको हो ।

    यसअघि वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो ।

    चाँदीको मूल्य पनि बुधबार घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ६५० रुपैयाँ रहेको चाँदी आज १ हजार ६३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार