Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राई नेतृत्वको जसपाले लियो दल दर्ताको प्रमाणपत्र

    राई नेतृत्वको जसपाले लियो दल दर्ताको प्रमाणपत्र

    अनलाइन नेपाल
  • सोमबार, २४ बैशाख २०८१
  • 372
    SHARES

    • काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले दल दर्ताको प्रमाणपत्र लिएको छ।

    निर्वाचन आयोगले आइतबार साँझ अध्यक्ष राईलाई दल दर्ताको प्रमाण पत्र हस्तान्तरण गरेको हो।

    निर्वाचन आयोगका आयुक्तहरूको आइतबार बसेको बैठकले जसपालाई दलको मान्यता दिएको छ।



    जसपालाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम निर्वाचन आयोगले दल दर्ताको मान्यता दिएको हो।



    राईले आइतबार ७ सांसदसहित नयाँ दल दर्ताका लागि निवदेन दिएका थिए।

    राई नेतृत्वको नयाँ पार्टीमा प्रदीप यादव, रेनु यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, रन्जु कुमारी, हसिना खान र सुशीला श्रेष्ठलगायत ७ जना सांसद रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार