Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • जसपाका पूर्वसांसद प्रमोद साहमाथि आक्रमण, सर्लाहीबाट तीन जना पक्राउ

    जसपाका पूर्वसांसद प्रमोद साहमाथि आक्रमण, सर्लाहीबाट तीन जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ३ बैशाख २०८१
  • 294
    SHARES

    सर्लाही। जनता समाजवादी पार्टी (जसपा)का पूर्वसांसद प्रमोद साहमाथि आक्रमण भएको छ ।

    आइतबार राति सर्लाहीको हरिपुर नगरपालिका–६ मा पूर्वसांसद साहमाथि आक्रमण भएको हो । आक्रमणबाट पूर्वसांसद साहको टाउकामा चोट लागेको छ ।



    राति १२ बजेतिर मकै बालीमा पानी लगाएर घर फर्किँदै गरेका बेला उनीमाथि आक्रमण भएको पाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।



    सुरुमा पूर्वसांसद साहका कामदार राजेन्द्र महतोमाथि आक्रमण भएको थियो । पछि पूर्वसांसद साहमाथि पनि आक्रमण भएको प्रहरीले जनाएको छ ।

    आक्रमणमा परेर रवि पासवान र निकेश साह पनि घाइते भएका छन् । आक्रमणबाट घाइते भएका साहको हरिपुरकै अमृत हेल्थकेयरमा प्रारम्भिक उपचार भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार