Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 369
    SHARES

    फाइल तस्विर

    काठमाडौं । लगातार दुई दिन तोलामा ३८ सय रुपैयाँ घटेको सुनको मूल्य बुधवार पुनः ५ सय रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५ सय रुपैयाँले बढ्दै १ लाख ३६ हजार रुपैयाँ कायम भएको हो ।



    अघिल्लो दिन छापावाला सुन प्रतितोला २७ सय रुपैयाँले घट्दै १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।



    यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख ३५ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढ्दै १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार