Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आईपीएल : चेन्नईसँग पञ्जाब २८ रनले पराजित

    आईपीएल : चेन्नईसँग पञ्जाब २८ रनले पराजित

    अनलाइन नेपाल
  • आइतबार, २३ बैशाख २०८१
  • 504
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्सलाई २८ रनले पराजित गरेको छ ।

    आइतबार हिमाचल प्रदेश रंगशालामा भएको खेलमा चेन्नईले दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा पन्जाबले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३९ रनमात्र बनाउन सक्यो । खेलमा अलराउन्ड प्रदर्शन गरेका रवीन्द्र जडेजा नायक बने ।



    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो ।



    जितपछि ११ खेलमा १२ अङ्क बटुल्दै चेन्नई अङ्क तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । पञ्जाब भने समान खेलबाट ८ अङ्कसहित आठौँ स्थानमा सीमित छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार