Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • तोलामा दुई हजार रूपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    तोलामा दुई हजार रूपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    अनलाइन नेपाल
  • बिहिबार, २० बैशाख २०८१
  • 555
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य बढेको छ।

    अघिल्लो दिन प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार रूपैयाँ बढेको हो।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।



    बुधबार छापावाल सुन प्रतितोला एक लाख ३४ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३३ हजार आठ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १६ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।

    बुधबार चाँदी प्रतितोला १६ सय ३० रूपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १५ रूपैयाँ बढेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार