Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • तोलामा ८०० रूपैयाँले घट्यो सुनको, कतिमा हुँदैछ किनबेच ?

    तोलामा ८०० रूपैयाँले घट्यो सुनको, कतिमा हुँदैछ किनबेच ?

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 567
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ।

    अघिल्लो दिन स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ घटेको हो।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३५ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।



    बुधबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने बढेको छ।

    आज चाँदी प्रतितोला १६ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १६ सय ७५ रूपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १० रूपैयाँ बढेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार