Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 987
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

    लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।



    यसअघि मंगलबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।



    आज सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक सय रूपैयाँ बढी हो। बिहीबार प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रूपैयाँ बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

    बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ६ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो। शुक्रबार चाँदीको मूल्य भने घटेको छ।

    यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय २० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला एक हजार सात सय २५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ घटेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार