Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • रबर कारखानाभित्र विस्फोट हुँदा दुई जनाको मृत्यु

    रबर कारखानाभित्र विस्फोट हुँदा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २० बैशाख २०८१
  • 462
    SHARES

    फाइल तस्विर

    एजेन्सी । उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई जना कामदारको मृत्यु भएको छ ।

    पञ्जाबको लुधियाना जिल्लाको जस्पल बाङ्गर गाउँको औद्योगिक क्षेत्रमा रहेको कारखानाभित्र बुधबार राति विस्फोट भएको हो ।



    रबर उत्पादन केन्द्रमा विस्फोट हुँदा दुई जना कामदारको मृत्यु भएको पञ्जाब प्रहरीले जनाएको छ ।



    पीडितको शव पोस्टमॉर्टम प्रक्रियाका लागि अस्पतालमा पठाइएको र पोष्टमार्टम पछि परिवारलाई हस्तान्तरण गरिने छ।

    प्रहरीले विस्फोटको उचित अनुसन्धानको लागि आदेश जारी गरी सक्रियता बढाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार