Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • एयरपोर्टबाटै पक्राउ परे नक्कली पाइलट

    एयरपोर्टबाटै पक्राउ परे नक्कली पाइलट

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 363
    SHARES

    एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा एक नक्कली पाइलट पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा भारतकै गौतमबुद्धनगर निवासी २४ वर्षीय संगीत सिंह रहेका छन् । सिंह पाइलटको पोसाक लगाएर एयरपोर्टमा घुमिरहेको अवस्थामा फेला परेका थिए ।



    सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्स (सीआईएसएफ)ले नियन्त्रणमा लिएर ती नक्कली पाइलटलाई दिल्ली प्रहरीको जिम्मा लगाएको छ ।



    २५ अप्रिलमा एयरपोर्टको ‘स्काइवाक’ नजिकै एक व्यक्ति पाइलटको पोसाकमा घुमिरहेको अवस्थामा फेला परेका थिए ।

    सोधपुछका क्रममा ती व्यक्तिले आफूलाई सिंगापुर एयरलाइन्सको पाइलट बताएको अधिकारीहरूको भनाइ छ । उनको घाँटीमा एक परिचयपत्रसमेत झुण्डिएको थियो ।

    उनले बिजनेस कार्ड मेकर एपबाट सिंगापुर एयरलाइन्सको पाइलटको नक्कली परिचय पत्र बनाएको खुलासा भएको छ ।

    उनले द्वारका क्षेत्रबाट पाइलटको पोसाक खरिद गरेको पत्ता लागेको अधिकारीहरूको भनाइ छ । सोधपुछका क्रममा संगीत सिंहले सन् २०२० मा मुम्बईबाट एक वर्षको एभिएसन हस्पिटालिटी कोर्स अध्ययन गरेको बताएका छन् ।

    उनले आफू पाइलट रहेको भन्दै परिवारलाई समेत झुट बोल्दै आएको खुलासा भएको छ । दिल्ली प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार