Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • हतियार देखाएर सहकारीका कर्मचारीबाटै लुटियो ८० लाख

    हतियार देखाएर सहकारीका कर्मचारीबाटै लुटियो ८० लाख

    अनलाइन नेपाल
  • सोमबार, २४ बैशाख २०८१
  • 1.4K
    SHARES

    धनुषा । हतियार देखाएर एक समूहले सहकारी संस्थाका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेको छ।

    श्रीशुभ बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्र महतोले बैंकबाट झिकेको ८० लाख रुपैयाँ अज्ञात समूहले हतियार देखाएर लुटेका हुन्।



    जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ स्थित थुमौनामा महतोको साथबाट रकम लुटपाट भएको प्रहरीले जनाएको छ।



    महतोले झोलामा उक्त रकम राखेका थिए। धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ स्थित रघुनाथपुरमा रकम लुटपाट भएको सूचना आएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

    तीन जनाको समूहमा रहेको अज्ञात समूहले ८० लाख रुपैयाँसहित झोला लुटेर फरार भएको प्रहरीले जनाएको छ।

    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार