Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • भारतमा एक नेपालीलाई नशालु पदार्थ खुवाएर लुटपाट

    भारतमा एक नेपालीलाई नशालु पदार्थ खुवाएर लुटपाट

    अनलाइन नेपाल
  • शुक्रबार, ५ मंसिर २०७७
  • 2.9K
    SHARES

    सांकेतिक तस्विर

    कञ्चनपुर । भारतको उत्तराखण्डको ऋषिकेशमा नशालु पदार्थ खुवाई एक नेपालीलाई लुटिएको छ ।

    सुर्खेत घर भएका ४१ वर्षीय तीर्थबहादुर सारु मगरलाई चिसो पेय पदार्थमा नशालु वस्तु खुवाई अपरिचित व्यक्तिले भारतीय रुपियाँ ८५ हजार लुटेका हुन् ।



    भारतको रुदप्रयागमा दुई महिनाअघि मजदूरी गर्न गएका मगरलाई घर फर्कने क्रममा ऋषिकेशमा पुगेका बेला लुटिएपछि आज नेपालीको सहयोगमा गड्डाचौकी ल्याइएको छ ।



    सशस्त्र प्रहरीले बेखर्ची मगरलाई फेला पारी खाना खुवाएको छ । मगरका परिवारजनसँग सम्पर्क गरी परिवार जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरी निरीक्षक पदम भण्डारीले बताए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार