Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • यात्रुलाई नशालु लड्डु खुवाएर लुटपाट गर्ने भारतीय नागरिक पक्राउ

    यात्रुलाई नशालु लड्डु खुवाएर लुटपाट गर्ने भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 579
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रुहरुलाई नशालु पदार्थ खुवाएर लुटपाट गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

    चेकजाँचको क्रममा पोखरा महानगरपालिका–९ स्थित बसपार्कबाट विहार मोतिहारी जिल्ला संग्रापुर वस्ने वर्ष ४६ का दिली पटेललाई वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।



    यसअघि पनि सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई नशालु पदार्थ सेवन गराई लुटपाट गर्ने गरेको सूचनाको आधारमा निग्रानी पश्चात उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।



    पक्राउ परेका व्यक्तिको साथबाट नशालु पदार्थ मिसावट भएको एक पाकेट लड्डुसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार