Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • विस्कुट खान दिने भन्दै घर भित्र लगेर तीन वर्षीया नाबालिकाको हत्या, आमाछोरी पक्राउ

    विस्कुट खान दिने भन्दै घर भित्र लगेर तीन वर्षीया नाबालिकाको हत्या, आमाछोरी पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 294
    SHARES

    जनकपुरधाम । सिरहामा तीन वर्षीया नाबालिकाको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सिरहा नगरपालिका–१८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पूजाकुमारी यादव रहेका छन् । सोनावतीका श्रीमान् धनिकलाल यादव भने फरार छन् ।



    उनीहरुले छिमेकी तीन वर्षिया नाबालिककाको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । उनीहरूले  घर अगाडि खेलिरहेकी बालिकालाई बिस्कुट दिई आफ्नो घरभित्र लगेर हत्या गरेको  प्रहरी अनुसन्धानमा खुलेकाे छ ।



    जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाका अनुसार छिमेकी रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको हत्या गरेको आरोपमा आमाछोरीलाई पक्राउ गरिएको हो ।

    प्रहरीका अनुसार गत वैशाख १२ गते बिहान १० बजेतिर घर अगाडि खेलिरहेकी रमेशकी छोरी रिया हराएकी थिइन् ।

    खोजतलासको क्रममा गत वैशाख १४ गते राति साढे ११ बजे छिमेकी धनिकलाल यादवको घरको छतमा जाने भर्‍याङ नजिकै बालिकाको शव फेला परेको थियो ।

    मसुराको झ्याङ्टाभित्र कालो रंगको बोराभित्र बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ ।

    अनुसन्धानको क्रममा परिवारसँगको रिसइबी साध्न धनिकलालको परिवारले रमेशको छोरीको हत्या गरेको खुलेको डीएसपी सापकोटाको भनाइ छ ।

    उनका अनुसार करिब एक वर्षदेखि छिमेकी रमेश र धनिकलालको परिवारबीच झैझगडा हुने गरेको थियो । त्यही रिसइबीका कारण धनिकलालको परिवारले हत्या गरेको खुलेको प्रहरीको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार