Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बागलुङमा एक लाख बढी पशुचौपायालाई खोप, बाजुरामा अभाव

    बागलुङमा एक लाख बढी पशुचौपायालाई खोप, बाजुरामा अभाव

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 279
    SHARES

    बागलुङ । बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई विभिन्न रोगविरूद्धका खोप लगाइएको छ भने बाजुरामा रेबिजविरुद्धको खोप अभाव भएको छ ।

    बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको हो ।



    यता, बागलुङका १० स्थानीय तहमध्ये छ पालिकामा कुकुर, भैँसी, राँगा, गोरु, बाख्रा र बङ्गुरलगायत एक लाख ३१ हजार पाँच सय ७४ पशुचौपायालाई विभिन्न रोगविरुद्धका खोप लगाइका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्रमुख ऋषिराम सापकोटाले जानकारी दिएका छन् ।



    संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारसँगको समन्वयमा १० पालिकाका दुई लाख ३५ हजार पशुचौपायामा खोरेत, रेबिज, चर्चरे, भ्यागुते, पीपीआर र स्वाइन फिवरलगायत रोगविरुद्धका खोप लगाउने खोप लगाउने लक्ष्यसहित खोप अभियान सञ्चालन गरिएको सापकोटाको भनाइ छ ।

    गत माघबाट सुरूगरिएको अभियानखन्तर्गत हालसम्म ढोरपाटन र जैमिनी नगरपालिका तथा निसीखोला, तमानखोला र बरेङ गाउँपालिका क्षेत्रमा खोप लगाइसकिएका केन्द्रका पशु स्वास्थ्य अधिकृत केशवराज शर्माले जानकारी दिए ।

    तथ्यांकअनुसार हालसम्म १८ हजार दुई सय ९६ गोरु र २९ हजार छ सय १५ राँगाभैँसीलाई खोरेत, ६४ हजार दुई सय १७ बाख्रा र १० हजार पाँच सय ३२ भेडालाई पीपीआर, सात सय २८ बङ्गुरलाई स्वाइनफिवर र छ सय ८८ बङ्गुरलाई खोरेतविरुद्धको खोप लगाइएको छ । त्यसैगरी छ पालिकाका सात हजार चार सय ९८ कुकुरलाई रेविजविरुद्धको खोप लगाइएको पनि शर्माको भनाइ छ ।

    हाल गलकोट नगरपालिका र ताराखोला गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेका र वैशाख १८ गतेबाट बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका क्षेत्रका पशुचौपायामा खोप लगाउन सुरूगरिने कार्यालय प्रमुख सापकोटाले जानकारी दिए ।

    बाजुरामा रेबिजविरुद्धको खोप अभाव
    बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ ।

    जङ्गली जनावर र घरपालुवा जनवारले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

    रेबिजविरुद्धको खोप लगाउन आउनेको संख्या बढ्दै गए पनि जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उक्त खोपको अभाव रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताए ।

    जथाभावी रुपमा छोडिएका कुकुर, स्याललगायतका जनावरले टोकेका बिरामी रेबिजको खोप लगाउन आउने गरे पनि खोप अभाव भएपछि अन्य जिल्लामा पठाउनुपरेको जनस्वास्थ्य अधिकृत चन्दले बताए ।
    जिल्लामा रहेका जिल्ला अस्पताल, टाँटे स्वास्थ्य चौकी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उक्त खोप अभाव भएको छ ।

    लक्ष्यअनुसार खोप खरिद हुने भए पनि रेबिजको कुनै लक्ष्य नहुने भएकाले खोप खरिद गर्न समस्या भएको अधिकृत चन्दले बताए । उनले भने–‘रेबिजको खोप लगाउन कहिले आउने, कहिले नआउने भएकाले खोपको समस्या भएको छ ।’

    यस्तै पूर्वी उत्तरी भेगको कोल्टीमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा छिमेकी जिल्लाबाट पनि रेबिजविरुद्धको खोप लगाउन आउन थालेकाले उक्त स्वास्थ्य केन्द्रमा खोप अभाव भएको स्वास्थ्यकर्मीले बताएका छन् । कोल्टीमा कर्णाली प्रदेशका हुम्ला, मुगु, कालीकोटलगायतको सेवा केन्द्र बनेको स्वास्थ्य केन्द्र कोल्टीमा खोप अभाव भएको हो ।

    स्वास्थ्य केन्द्रमा मात्र नभई अन्य क्लिनिकमा समेत रेबिजविरुद्धको खोप अभाव भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका डा प्रतीक न्यौपानेले बताए ।

    स्वास्थ्य कार्यालयका प्रमुख चन्दले खोप खरिद गर्न प्रदेश सरकारसँग माग गरिएको बताए । वैशाख मसान्तभित्र रेबिजविरुद्धको खोप जिल्लामा आइपुग्ने उनको भनाइ छ ।

    स्थानीय तहका स्वास्थ्य शाखाले पनि खोप खरिद गर्न आवश्यक बजेटको व्यवस्था नगर्दा खोप खरिद र औषधि खरिदमा समस्या हुने गरेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार