Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • एकै दिन दुईवटा जहाज र हेलिकप्टरमा समस्या, आकस्मिक अवतरण

    एकै दिन दुईवटा जहाज र हेलिकप्टरमा समस्या, आकस्मिक अवतरण

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 468
    SHARES

    काठमाडौं । आज मात्रै दुईवटा जहाज र एक हेलिकप्टरमा समस्या देखिएको छ । सिता एयर र बुद्ध एयरको जहाज तथा सिम्रिक एयरको हेलिकप्टरमा समस्या देखिएपपछि आकस्मिक अवतरण नै गर्नु परेको विमानस्थल कार्यालयले जनाएको छ ।

    सोमबार बिहान काठमाडौंबाट लुक्लाका लागि उडेको सिम्रिक एयरको नाइनएन एकेडी हेलिकप्टरको इण्डिकेटरमा ढोका नलागेको संकेत देखिएपछि धुलिखेलमा आकस्मिक अवतरण गर्नु परेको छ ।



    विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार इण्डिकेटरले संकेत गरेपछि सुरक्षाका दृष्टिकोणबाट सुरक्षित अवतरण गराएर जाँच गर्नुपर्छ । सोही सिलसिलामा सिम्रिकको जहाज धुलिखेलमा रोक्नु परेको थियो । यद्यपी ढोका सही तरिकाले लगाएपछि हेलिकप्टर पुनः लुक्ला उडेको छ ।



    त्यसैगरी काठमाडौंबाट रामेछापका लागि उडेको सिता एयरको जहाज पुनः काठमाडौं फर्काएर आकस्मिक अवतरण गरिएको छ । विमानको हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौं फर्काएर आकस्मिक अवतरण गरिएको विमानस्थलका प्रवक्ता झाले जानकारी दिए ।

    सीताको ९०६ उडान नम्बरको जहाज काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । अवतरणपछि धावनमार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म पुर्‍याइएको थियो ।

    यो जहाज रामेछाप हुँदै लुक्ला जाने तयारीमा थियो । उनका अनुसार हाइड्रोलिकमा समस्या आएपछि जहाजको अवतरणमा समस्या हुन्छ ।

    त्यस्तै काठमाडौंबाट बनारस उड्ने तयारी गरेको बुद्ध एयरको एटीआर ७२ जहाज (बीएचए १६१) मा प्राविधिक समस्याको संकेत आएपछि जहाज पुनः पार्किङ वेमा फर्काउनु परेको छ ।

    त्रिभुवन विमानस्थलका प्रवक्ता झाका अनुसार इण्डिकेटरले प्राविधिक समस्याको संकेत गरेको थियो । सोही कारण यो जहाज उड्दै नउडी पार्किङमा फर्काइएको हो । ‘सामान्यतया समस्याको सानो संकेत पाउँदा पनि पाइलटले जोखिम लिँदैनन्,’ उनले भने–‘यो सोही प्रक्रिया हो ।’ हवाई उडान सुरक्षित गराउन यस्तो गरिने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार