Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • भलिबल प्रतियोगिता : नेपालले बङ्गलादेशसँग फाइनल खेल्दै

    भलिबल प्रतियोगिता : नेपालले बङ्गलादेशसँग फाइनल खेल्दै

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 255
    SHARES

    भक्तपुर। नेपाली टोलीले मित्रराष्ट्र बङ्गलादेशको राजधानी ढाकामा जारी अन्तर्राष्ट्रिय यु–१९ भलिबल प्रतियोगिताको आज फाइनल खेल खेल्दै छ । नेपालले फाइनलमा बङ्गलादेश रातोसँग खेल्ने छ ।

    आयोजक बङ्गलादेश निलोलाई हराउँदै नेपाली टोली फाइनलमा प्रवेश गरेको हो । ढाकामा नपाली भलिबल टोलीका साथमा रहेका भक्तपुर जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष एवं टोली व्यवस्थापक दीपक थापाका अनुसार आइतबार भएको सेमिफाइनलमा नेपाली टोलीले बङ्गलादेश निलोलाई २५–१६, २५–२१ र २५–२१ अङ्कले पराजित गरेको हो ।



    यसअघि नेपालले शनिबार भएको खेलमा माल्दिभ्सलाई २३–२५, २५–१९, २५–१३ र २५–२१ अङ्कले हराउँदै सेमफाइनल प्रवेश गरेको थियो ।



    भलिबल प्रतियोगितामा भाग लिन भक्तपुरको टोली बङ्गलादेश गएको हो । टोलीमा सुरेश मल्ल, यज्ञराज जोशी, अविशेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहोरा, इज्जत दनै, शशी पुलामी मगर र भुवन तामाङ रहैका छन् ।

    टोलीको प्रशिक्षकमा उत्सव खड्का र सहायक प्रशिक्षकमा जनकबहादुर खड्का रहेका छन् । टोली पठाउन ‘सहायता फाउन्डेसन’का अध्यक्ष राजु ढुङ्गेल, विकास बस्नेत, व्यवसायी लक्ष्मण अवाल र व्यवस्थापक थापाले रकम जुटाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार