Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भलिबल खेल्ने क्रममा झडप, छुट्याउन जाँदा प्रहरीमाथि आक्रमण

    भलिबल खेल्ने क्रममा झडप, छुट्याउन जाँदा प्रहरीमाथि आक्रमण

    अनलाइन नेपाल
  • शनिबार, २९ फाल्गुन २०७७
  • 2.5K
    SHARES

    तनहुँ। तनहुँको भीमाद नगरपालिका–१ डुम्रीवेंसीमा भलिबल खेल्ने क्रममा विवाद हुँदा शुक्रबार दुई प्रहरीसहित तीन जना घाइते भएका छन् ।

    शिवरात्रिको पर्वका अवसरमा आयोजना गरिएको भलिबलमा विवाद हुँदा छुट्याउन जाने क्रममा दुई प्रहरी र अन्य एक सर्वसाधारण घाइते भएका हुन् ।



    मोटरसाइकलको चेन स्पकेटको प्रहारबाट डुमीवेंसी प्रहरी चौकीका इञ्चार्ज सुरेन्द्र गुरुङ र प्रहरी हवल्दार घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।



    ‘भलिबलमा युवाबीच विवाद भएपछि छुट्याउन जाँदा प्रहरीमाथि पनि आक्रमण भयो’, तिमिल्सिनाले भने, ‘उनीहरुको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य छ ।’

    प्रहरीका अनुसार आक्रमणमा संलग्न दुई जनालाई पक्राउ गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार