Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • गृहमन्त्रीसँग सीके राउतको आग्रह – अग्नि पीडितलाई राहत उपलब्ध गराउनू

    गृहमन्त्रीसँग सीके राउतको आग्रह – अग्नि पीडितलाई राहत उपलब्ध गराउनू

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 576
    SHARES

    काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अग्नि पीडितलाई राहत उपलब्ध गराउन आग्रह गरेका छन् ।

    शुक्रबार अध्यक्ष राउतले गृह मन्त्रालयमा गएर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ध्यानाकर्षण गराएका हुन् ।



    उनले भूकम्प पीडितहरूलाई दिएको जस्तै अग्नि पीडितलाई पनि राहत दिन आग्रह गरे ।



    सप्तरी, महोत्तरी लगायत विभिन्न जिल्लामा भएको आगजनीले धनजनको ठुलो क्षति भएको छ ।

    सानो राहतले पुरा नहुने भएकाले सरकारले विशेष प्याकेज बनाएर राहत प्रदान गर्न उनले आग्रह गरे ।

    यस्तै उनले अग्नि पीडितका लागि घर बनाइदिन पनि आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार