Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सहकारी ठगीमा मविरुद्ध कतै मुद्दा चलेको छैन : गृहमन्त्री लामिछाने

    सहकारी ठगीमा मविरुद्ध कतै मुद्दा चलेको छैन : गृहमन्त्री लामिछाने

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 306
    SHARES

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा आफूविरुद्ध कहि कतै मुद्दा नचलेको दाबी गरेका छन् ।​

    सभामुख देवराज घिमिरेले मंगलवार बोलाएको बैठकपछि बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् । गृहमन्त्री लामिछानेले प्रतिवेदनमा नाम आउँदैमा आरोपित नहुने बताए।



    नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले रुपन्देही जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले पेस गरेको अभियोग पत्रमा गृहमन्त्रीको नाम पटक-पटक उल्लेख भएको बताएका थिए।



    गृहमन्त्री लामिछानेले भने, ‘प्रतिवेदनमा लेखिएका विवरणहरू आरोप होइनन्। ती विवरणका आधारमा के प्रमाणित भयो भने ममाथि मुद्दा चलाउन परेन। बुझेरै मलाई प्रतिवादी बनाइएको छैन। किनकि त्यहाँ ‘केवाइसी’ भरिएको छैन। त्यहाँ खाता खोलिएको छैन। त्यहाँ नागरिकता छैन। बाउको नाम छैन।’

    उनले आफूमाथि कहीँ पनि मुद्दा वा अभियोजन नचलेको बताए। उनले यस विषयमा महान्यायाधिवक्ताको कार्यालयमै निवेदन दिएर बुझेको बताए। उनले उजुरी हालेकै भरमा संसदीय छानबिन बनाउने र राजीनामा गर्ने विषयमा सर्वदलीय सहमति गरे आफू तयार रहेको बताए।

    फाँसीमा झुन्ड्याइएकोलाई समेत सफाइको मौका दिइने भए पनि आफूलाई बोल्न नदिइएको उनले गुनासो गरे। गृहमन्त्री लामिछानेले कसैमाथि आरोप लाग्दैमा संसदीय छानबिन समिति बनाउन नमल्ने बताए।

    गृहमन्त्री लामिछानेले  कुनै प्रतिवेदनमा भएका विवरणलाई मुद्दा चल्ने प्रमाणको रूपमा हेर्न नमिल्ने बताए ।  अदालतले भ्रष्टाचार गरेको प्रमाणित भएका व्यक्ति सदनमा ल्याउन नेपाली कांग्रेसले आफूविरुद्ध प्रश्न उठाएको गृहमन्त्री लामिछानेले टिप्पणी गरे ।

    सहकारी ठगीमा रविको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिनको कुरा उठाइरहेको छ ।  संसदीय छानबिन समिति नबने वैशाख २८ गते शुरु हुने संसद् अधिवेशनका बैठक अवरुद्ध गर्ने कांग्रेसले चेतावनी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार