Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • स्वार्थका लागि गठबन्धन गर्ने परिपाटीको अन्त्य हुनुपर्छ : सीके राउत

    स्वार्थका लागि गठबन्धन गर्ने परिपाटीको अन्त्य हुनुपर्छ : सीके राउत

    अनलाइन नेपाल
  • आइतबार, ४ चैत्र २०८०
  • 393
    SHARES

    वीरगन्ज । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले स्वार्थका लागि गठबन्धन गर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताएका छन् ।

    वीरगन्जमा शनिबारदेखि सुरु भई आइतबार सकिएको जनमत पार्टीको केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष राउतले यस्तो बताएका हुन् ।



    उनले सिद्धान्त विपरीतका दलहरूबीचको गठबन्धनले देशमा अस्थिरता उब्जिएको बताए । यस्तै उनले देशमा ठूल्ठूला भ्रष्टाचारका काण्ड सार्वजनिक हुँदा पनि ठोस कारबाही हुन नसकेको बताए ।



    भ्रष्टाचारमा अख्तियारले ठूला माछालाई समाउन नसकेको बताउँदै उनले अख्तियार र निर्वाचन आयोगका प्रमुख, सर्वोच्च अदालतका प्रधानन्यायाधीशसँगै प्रधानमन्त्री पनि जनताबाट प्रत्यक्ष निर्वाचित हुनुपर्ने व्यवस्था गर्न माग गरे ।

    राजनीतिक नियुक्तिका कारण संवैधानिक निकायले कुनै काम गर्न नसकेको राउतले आरोप लगाए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार