Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • बझाङ उपनिर्वाचन : मतपेटिका जिल्ला सदरमुकाम ल्याउन हेलिकप्टर पठाइयो

    बझाङ उपनिर्वाचन : मतपेटिका जिल्ला सदरमुकाम ल्याउन हेलिकप्टर पठाइयो

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 342
    SHARES

    काठमाडौं । उपनिर्वाचनअन्तर्गत बझाङ–१ ‘क’ मा मतपेटिका संकलनको कार्य भइरहेको छ ।

    मुख्य निर्वाचन कार्यालयका अनुसार सो क्षेत्रको साइपाल गाउँपालिकाका तीन स्थानका मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट जिल्ला सदरमुकाम ल्याउन लागिएको हो ।



    चीनको तिब्बतसँग जोडिएको उच्च हिमाली क्षेत्र साइपाल गाउँपालिकास्थित याकुरी डाँडा, यारङकुरिङ, धुली र काँडाको मतपेटिका आउन बाँकी छन् ।



    नेपाली सेनाको हेलिकप्टर मतपेटिका लिन बिहान ७ बजे सो स्थानतर्फ गएको बताइएको छ । सबै क्षेत्रको मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बसेर मतगणना गरिने बताइएको छ ।

    चैनपुरस्थित बझाङ जिल्ला अदालतमा मतगणना गरिने जनाइएको छ । बझाङ–१ ‘क’ मा शनिबार भएको निर्वाचनमा ५० प्रतिशत मत खसेको थियो । उपनिर्वाचनमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार