Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • बझाङ उपनिर्वाचन : सबै मतपेटिका सदरमुकाम ल्याइयो, सर्वदलीय बैठक बस्ने तयारी

    बझाङ उपनिर्वाचन : सबै मतपेटिका सदरमुकाम ल्याइयो, सर्वदलीय बैठक बस्ने तयारी

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 324
    SHARES

    फाइल तस्विर

    बझाङ । उपनिर्वाचनअन्तर्गत बझाङ–१ ‘क’ मा मतपेटिका संकलनको काम सकिएको छ ।

    आइतबार बिहानै साइपाल गाउँपालिकाका तीन वटा मतदान केन्द्रका मतपेटीका दुई पटक हेलिकप्टरमार्फत् मतगणना स्थल चैनपुरमा ल्याइएको हो ।



    बझाङ १ नम्बर प्रदेश सभाको उपचुनावअन्तर्गत शनिबार मतदान भएको थियो ।



    सबै मतपेटिका चैनपुर ल्याइसकिएको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिए ।

    उनका अनुसार अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ। बिहान १० पछि मतगणना कार्य सुरू गरिने बताइएको छ ।

    बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’ मा शनिवार भएको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत मत खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार