Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • वीरगञ्जमा सीके राउतलाई १०१ केजीको माला

    वीरगञ्जमा सीके राउतलाई १०१ केजीको माला

    अनलाइन नेपाल
  • शनिबार, ३ चैत्र २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई वीरगञ्ज मा एक सय एक केजीको मालाले स्वागत गरिएको छ ।

    शनिबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा भाग लिनको लागि वीरगञ्ज पुगेका राउतलाई एक सय एक किलो फूलको माला लगाएर स्वागत गरिएको हो ।



    दुई दिनसम्म वीरगञ्जको क्लासिक बैंक्वेटमा केन्द्रीय कार्य समितिको बैठक बस्ने छ । बैठकमा अध्यक्ष राउतले समसामयिक विषयमा ब्रिफिङ गरेका थिए ।



    पार्टीको आगामी कार्य नीति एवं योजना तय गर्नुका साथै पछिल्ला राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार