Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • उपनिर्वाचनमा अभिव्यक्त मतले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न योगदान पुर्‍याएको छ : सभापति देउवा

    उपनिर्वाचनमा अभिव्यक्त मतले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न योगदान पुर्‍याएको छ : सभापति देउवा

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 531
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्तिपूर्ण निर्वाचन भएकोमा धन्यवाद व्यक्त गरेका छन् । इलाम २ को प्रतिनिधिसभा र बझाङ प्रदेशसभा १ मा शान्तिपूर्ण निर्वाचन सफल भएको भन्दै देउवाले सबैलाई धन्यवाद दिएका हुन् ।

    ‘इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङ जिल्ला प्रदेशसभा क्षेत्र नं १ मा शनिवार भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।



    मतदानमा मतदाताले जनाउनु भएको सहभागिताबाट फेरि एकपटक नेपाली नागरिकको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको छ,’ देउवाले भनेका छन्, ‘यो उप–निर्वाचनबाट आउने परिणामले मुलुकलाई लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक एवं न्यायपूर्ण समाज निर्माणमा सहयोग गर्नेछ भन्ने बिश्वास लिएको छु ।



    निर्वाचनमा संयम र धैर्यका साथ सरिक भइ अमूल्य मत खसाल्नु भएकोमा इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङ प्रदेशसभा १ का सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछु ।’

    उप–निर्वाचनमा सक्रिय सहभागिता जनाएर अभिव्यक्त भएको अमूल्य मतले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत गर्न थप योगदान पुर्याएको सभापति देउवाको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार