Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने सरकारको निर्णय

    नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने सरकारको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 780
    SHARES

    काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते प्रस्तुत गर्ने भएको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद्ले नीति तथा कार्यक्रम जेठ १ गते ३ बजे ल्याउने निर्णय गरेको हो ।



    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आउँदो जेठ १ गते दिउँसो ३ बजे संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरिने जानकारी दिइन् ।



    सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन् ।

    हरेक वर्ष जेठ १५ गते सरकारले आउँदो आर्थिक वर्षको बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार