Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मन्त्रालयको बजेटले लुँडो र बाघचाल मात्रै खेलाउन सकिन्छ : खेलकुदमन्त्री श्रेष्ठ

    मन्त्रालयको बजेटले लुँडो र बाघचाल मात्रै खेलाउन सकिन्छ : खेलकुदमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 276
    SHARES

    फाइल तस्विर

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुदका क्षेत्रमा पूर्वाधार विकास र खेलाडीहरुलाई प्रोत्साहनका लागि पर्याप्त बजेट नभएको बताएका छन् ।

    सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै खेलकुदमन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।



    खेलकुदमन्त्री श्रेष्ठले खेलकुद मन्त्रालयको बजेटले लुडो, बुद्धिचाल र बाघचालमात्रै खेलाउनसक्ने अवस्था रहेको बताए।



    उनले खेलकुद मन्त्रालयको बजेट अत्यन्त न्यून रहेको भन्दै उक्त बजेटले लुडो, बुद्धिचाल र बाघचाल मात्रै खेलाउनसक्ने अवस्था रहेको प्रष्ट पारे।

    कम बजेट भएको मन्त्रालयमा खेलकुद पूर्वाधारको माग भने देशको बजेटभन्दा ठूलो रहेको खेलकुदमन्त्री श्रेष्ठको भनाइ छ।

    खेलकुदमन्त्री श्रेष्ठले बजेट र उपयुक्त नीतिको अभावका काण खेलकुद पूर्वाधारको विकास हुन नसकेको बताए।

    उनले खेलकुद ऐन संशोधनको तयारी भइरहेको भन्दै यसका लागि आवश्यक सुझाव संकलन गर्ने कामसमेत जारी रहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार